Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० भाद्र ५, मंगलवार ११:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै, आफ्नो प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुवात स्वरूप “तिम्रै लागि” मुद्दती र बचत खाता सार्वजनिक गरेको हो ।

पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्पराको सुरुवात गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्वन्धपनको महत्त्व दर्साउँदै उक्त खाता हजुरबुबा हजुरआमा, बुबा आमा, श्रीमान् /श्रीमती, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा नातिनातिनाहरुले आफ्नो पारिवारिक सम्बन्धभित्र जो कसैलाई पनि उपहार स्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ ।

न्यूनतम १० हजार रूपैयाँमा नै खोल्न सकिने मुद्दती खातामा मासिक रूपमा व्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेबिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ । उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उपहारको नयाँ परम्पराको सुरुवात गर्नको लागि ल्याइएको उक्त खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिनेसमेत विशेषता रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्