Skip to content
Shikhar Insurance
National Life

गठ्ठाघरमा स्विच अनको नयाँ शोरुम

Hyundai
NCELL
NIMB

काठमाडाैं । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेट सुरु गरेको छ।

सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स) ले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका हुन् । उक्त स्विचअन रिटेलको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु रहेको कम्पनीले जनाएको छ ।

नक्साल, काठमाडौंमा रहेको स्विचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाहरूको लागि लोकप्रियता पाएको छ। ग्राहकहरूलाई पूर्ण सन्तुष्टि, विश्वसनीयता, र प्रामाणिकताका साथ आफ्नो सेवा प्रदान गर्दै आएकोले यो आउट्लेटले आफ्नो लोकप्रियता कायम राखेको कम्पनीको भनाइ छ ।

“स्विचअन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौं, “हिम इलेकट्रोनिक्सकी निर्देशिक सीमा गोल्छाले बताइन्। “हाम्रो नयाँ आउटलेट घरेलु आवश्यकताहरू पूरा गर्दै उपकरण र उत्पादनहरूको विस्तृत शृङ्खला प्रदान गर्न समर्पित छ। हामी भक्तपुर समुदायको सेवा गर्न तत्पर छौं ।“

स्विचअन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्नेछ, जाहाँ प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिजदेखि लिएर बल्ब जस्ता विद्युतीय वस्तुहरू सबै पाईनेछ । अत्याधुनिक इलेकट्रोनिक्स र स्टाइलिस घडीहरू सहित, नयाँ स्विचअन रिटेल आउटलेटले हरेक घरको आवश्यकता पूरा गर्ने गरी रोमाञ्चक किनमेलको अनुभवको ग्यारेन्टी दिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्