Skip to content
Shikhar Insurance
National Life

इसेवा मनी ट्रान्सफर र इन्जाज पेमेन्ट सर्भिसेजबीच भुक्तानी सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । इसेवा मनी ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । रेमिट्यान्स् भुक्तानी सम्झौतापत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले हस्ताक्षर गरे ।

यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इन्जाज पेमेन्टको १ सय ५० शाखा, पीओएस, किअस्कस्, वा मोबाइल एप र वेबसाइटबाट नेपालमा इसेवा मनी ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सकिने छ ।

साथै इन्जाज पेमेन्टबाट पठाएको रेमिट्यान्स इसेवा मनी ट्रान्स्फरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु तथा इसेवाका एक लाखभन्दा बढी क्यास पोइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

रेमिट्यान्स् भुक्तानी सम्झौता कार्यक्रममा बोल्दै एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, “इन्जाज जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं । इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान पाउँदा निकै हर्षित छौं ।

यसैगरी कार्यक्रममा इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले भने, “इसेवा मनि ट्रान्सफर नेपालको एक उत्कृष्ट रेमिटेन्स कम्पनी मात्र नभई एफवान सफ्ट ग्रुपको एक भगिनी संस्था पनि हाे, जसले नवीनतम् फिनटेक सेवाहर मार्फत नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई संस्थागत गरेको छ र हामी साउदी अरेबियामा रहेका नेपालीहरुलाई रेमिट्यान्स सेवा उपलब्ध गराउन इसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौं ।”

इन्जाजको मुख्य कार्यालय रियादमा आयोजित विशेष समारोहमा एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाको पनि उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्