Shikhar Insurance
National Life

काठमाडौं महानगरपालिकाद्वारा २ सहकारी खारेज

सिंहदरबार संवाददाता
२०८० भाद्र ४, सोमबार १३:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिको आज साेमबार दुइटा सहकारी संस्था खारेज गरेको छ ।

महानगरले जारी गरेको सूचनाअनुसार वडा नम्बर ५ मा रहेको चाबहिलको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र वडा नम्बर ७ मा रहेको चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरको सहकारी विभागको गत १६ साउनको निर्णयअनुसार ती सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम खारेजी गरेको हो,’ सूचनामा भनिएको छ ।

महानगरले यसअघि असार २२ गते एक सूचना प्रकाशित गरी उक्त संस्थाले तिर्नुपर्ने दायित्त्व र उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा १५ दिनभित्र विभागमा सम्पर्क राख्न आग्रह गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्