काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड २३ लाख रूपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । भाेलि मंगलबार केन्द्रीय बैंकले नवीकरण गर्ने ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कुल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको आज साेमबार बोलकबाेल गर्ने भएको हो ।
पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।
यसअघि साउन २९ गते निष्कासन भएको ट्रेजरी बिल्सको औसत डिस्काउन्टदर ६.४४४२ तथा १८२ दिन अवधिको ट्रेजरी बिल्स ६.४८७६ कायम भएको थियो । २८ दिन अवधिको ट्रेजरी भने सरकारले नै खरिद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्