काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहको ६०% रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेका छन् ।
मन्त्री डा. महतले मन्त्रीस्तरीय निर्णय गर्दै भदौ ३ गतेदेखी लागू हुने गरि स्थानीय तहहरुको ६०% रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेका हुन।
स्थानीय तहहरुले वाणिाज्य बैंकमा खाता खोल्नुपर्ने ब्यवस्था छ ।
यश अघि स्थानीय तहको ८०% रकम निक्षेपमा गणना गर्न पाउने ब्यवस्था थियो । त्यस्तो ब्यवस्था असार मसान्तमा सकिएको थियो ।
नंया निर्णयले बैंकहरुलाई एक खर्ब श्रोत उपलब्ध हुनेछ ।
ब्याजदर घटाउने सर्तमा स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरिएको श्रोत बताउछ ।
प्रतिक्रिया दिनुहोस्