Skip to content
Shikhar Insurance
National Life

सनी देओलको फिल्म ‘गदर २’ ले नयाँ रेकर्ड तोड्यो

Hyundai
NCELL
NIMB

काठमाडाैं । सनी देओलको फिल्म गदरले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘गदर २’ ले दोस्रो हप्तासम्म आइपुग्दा रेकर्ड तोडेको हो ।

सन्नी देओल अभिनित यो फिल्मले पहिलो दिनदेखि नै सिनेमाघरमा लामो समय चल्ने बताइएको थियो । यो फिल्म दोस्रो हप्ता सनिबारसम्म आइपुग्दा फिल्मको कमाई ५० प्रतिशतले बढ्को छ।

‘गदर २’ ले ८ दिनको कमाइमा ३ सय करोडको पार गरेको छ । यो फिल्म ‘पठान’ पछि दोस्रो सबैभन्दा छिटो कमाउने फिल्म बनेको छ ।  पहिलो साता बक्स अफिसमा बलिउडको इतिहासमा ‘गदर २’ले जस्तो दोस्रो शुक्रबारसम्म आइपुग्दा कुनै पनि अरू फिल्मले यसको जति कमाउन सकेको छैन । अब भने फिल्मको शनिबारको कलेक्सन पनि रेकर्ड ब्रेकिङ लेभलमा पुगेको छ।

सुरुको ६ दिनमा लगातार ३० करोडभन्दा बढी कमाई गरेको ‘गदर २’ ले फेरि यो आकडा पार गरेको छ । फिल्मले नवौं दिन बक्स अफिसमा ३२ देखि ३३ करोडको व्यापार गरेको छ । भारतमा फिल्मको कुल नेट कलेक्सन ३३५ करोड नाघेको छ ।

दोस्रो शनिबार ‘गदर २’ ले जति कलेक्सन गरेको छ, ठूला हिन्दी फिल्मले पनि त्यति कलेक्सन गर्न सकेका थिइनन्। बलिउडको शीर्ष स्थानमा रहेको ‘बाहुबली २’ ले दोस्रो शनिबारको कमाई २६ करोडभन्दा बढी थियो भने फिल्म ‘पठान’ ले दोस्रो शनिबार २२.५ करोड कलेक्सन गरेको थियो गत वर्ष अनुपम खेरको ब्लकबस्टर हिट फिल्म द कश्मीर फाइल्सुको दोस्रो शनिबार २४.८ करोड कमाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्