Shikhar Insurance
National Life

प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत महसुल

सिंहदरबार संवाददाता
२०८० भाद्र ३, आईतवार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको हो । भारतको याे निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ ।

भारतले हरेक वर्ष नेपालीहरकाे मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो ।

भारतमा प्याज केजीको २४ भारु परिरहेको छ। भारतमा अगष्ट महिनामा विगत एक दशकयताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ। गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।

नेपाली बजारमा अहिले प्याज प्रतिकिलो ६१ रुपैयाँ थोक मूल्यका खरिद बिक्री भइरहेको छ । नेपाल आलु प्याज व्यवसायी संघका अनुसार भारतको निर्णयले नेपालको बजार पनि प्रभावित हुनेछ । अहिले भारतबाट नेपालमा खरिद गरेर ल्याउँदा प्याजको प्रतिकिलो मूल्य ५० रुपैयाँ हराहारी पुग्ने गरेको संघका महासचिव प्रकाश गजुरेलले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्