Shikhar Insurance
National Life

साइबर सुरक्षा नीतिमाथि छलफल, इन्टरनेटको बल्क गेटवे सुरक्षित राख्नुपर्ने सुझाव

सिंहदरबार संवाददाता
२०८० भाद्र ३, आईतवार १२:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय साइवर सुरक्षा नीति २०८० माथि सरोकारवालासँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । थापागाउँस्थित प्रेसिडेन्सियल बिजनेस स्कुलमा आज विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय साइवर सुरक्षा, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेसन, एनपी सर्ट र डिजिटल राईट्सको संयुक्त आयोजना साइबर सुरक्षा नीतिमाथिका समस्या चुनौतीका विषयमा छलफल भएको हो । सीसीएसआरआईका अध्यक्ष तथा प्रा. डा. सुवर्ण शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिटिल राईट्स नेपालका सन्तोषले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छलफल कार्यक्रमका सहभागीहरुले सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति सरोकारवालासँग छलफल नै नगरी एकतर्फी रुपमा जारी गरिएकोमा आपत्ति जनाएका थिए । उक्त कार्यक्रममा सीएसआरआईका अध्यक्ष तथा प्राध्यापक डाक्टर शुवर्ण शाक्यले आम सरोकारवालाबाट प्राप्त राय सुझावलाई साइवर सुरक्षा नीति २०८० मा समावेश गर्न आवश्यक पहल गर्ने बताए । साथै उनले सुरक्षा नीतिलाई आम नागरिकको हितलाई ध्यानमा राखेर ल्याउन लागेका बताए ।

त्यस्तै, क्यान महासंघको महासचिव चिरन्जीवी अधिकारीले सरकारले विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्न नसकेको बताए । साथै उनले आफूहरुले अहिलेसम्म कुनै पनि धर्ना, अनशन, आन्दोलन तथा विरोध प्रदर्शनका कार्यक्रम गरि सरकारलाई दबाब सिर्जना नगरेर सरकारले हेपेको आरोप लगाए । उनले आइटी क्षेत्रमा निजी क्षेत्रको खर्बौैं लगानी रहेको बताउँदै सरकारले उचित ध्यान नदिएको गुनासो गरेका छन् ।

महासचिव अधिकारीले भने, ‘लगानी भनेर केवल नगदलाई मात्रै हेरियो, आइटी क्षेत्रमा लगानी भएको ज्ञान, शिप र समयको कुनै मूल्य दिइएन्, जुन त्रुटिपूर्ण छ ।’ उनले नेपाल सरकारले विभिन्न सफ्टवेयर निर्माणका लागि कृषिमा जसरी ऋण प्रदान गरिन्छ त्यसरी नै सरकारले सहुलियतपूर्ण ऋण प्रदान गरे साइवर सुरक्षाको विकासमा सहयोग पुग्ने बताए । आजको साइबर सुरक्षा नीतिमाथिको छलफल कार्यक्रम सीएसआरआईका महासचिव शालिकराम पराजुलीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा भीमध्वज श्रेष्ठले सरकारले जारी गरेको साइबर सुरक्षा नीतिका धेरै विषय नमिलेको टिप्पणी गरेका थिए । त्यस्तै, एनसेलकी सूचना प्रविधि प्रमुख यस्मिन भट्टराईले कार्यक्रममा एनसेलकी सूचना तथा सुरक्षा विभाग प्रमुख एसमीन भट्टराईले नेपाल साइवर सुरक्षामा अन्य देशको तुलनामा निकै कमजोर र पछाडि परेको बताइन् ।

साथै, उनले साइवर सुरक्षा नीति २०८० ले आम नागरिकसँग साइवर सुरक्षासम्बन्धी विषयमा जनचेतना फैलाउने कुराको तारिफ गरेकी छन् । साथै उनले इन्टरनेटको गेटवे बल्कमा किनेर वितरण गर्ने कुरा सहजीकरण हो कि नियमन हो? भन्ने कुरामा स्पष्ट हुनुपर्ने बताइन् । उनले भनिन्, ‘साइबर सुरक्षा भनेको हार्डवयरको सुरक्षा होइन, अभौतिक चिजको सुरक्षाको लागि जनतामा जनचेतना जरुरी छ ।’

कार्यक्रममा नेपाल बैंककी साइबर सुरक्षा विभागकी बन्दना शर्माले साईबर सुरक्षा जनताको लागि जरुरी भएको तर सरकारले नै जनचेतना फैलाउनुपर्ने अवस्था रहेको बताइन् । शर्माले साइबर सुरक्षाको प्यारामिटर छुट्याउन जरुरी भएको बताइन् ।

उनले क्रिटिकल पूर्वाधारको रुपमा साइबर क्षेत्रको सुरक्षा गर्नुपर्ने बताइन् । बैंक, अस्पताल तथा बीमा कम्पनीहरुको साइबर सुरक्षालाई सरकारले विशेष महत्व दिएर जनताको सम्पत्तिको सुरक्षाको रुपमा लिनुपर्ने सुझाव दिएकी छिन् ।
कार्यक्रमको संयोजन प्रेसिडेन्सियल बिजनेस स्कुलका सञ्चालक डा. सुरेश पोखरेलको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्