Skip to content
Shikhar Insurance
National Life

अनुभवी तीन चिकित्सकलाई नर्भिकले भित्र्यायो

Hyundai
NCELL
NIMB

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सक भित्रिएका छन् ।

एक न्युरोलोजिस्ट, एक न्युरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको हो । नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ।

सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्युरोलोजिष्ट डा. निरञ्जन आचार्य, कन्सलट्यान्ट न्युरोसर्जन डा. पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिस्ट डा. पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ ।

डा. आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ९ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्नेछन् ।

यस्तै, डा. कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ८ः४५ सम्म नर्भिकमा ओपिडी हुनेछ भने डा. भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः४५ देखि ८ः४५ बजेसम्म नर्भिकको ओपिडीमा उपलब्ध हुनेछन् ।

थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्