Shikhar Insurance
National Life

सेयरप्रो सेक्युरिटीजद्वारा मिस्ड कल सेवा सञ्चालन

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडाैं । सेयरप्रो सेक्यूरिटीज प्रालि(दलाल नम्बर ६५) नेपालको उदीयमान सयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो। सेयरप्रो सेक्यूरिटीज गत जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी असार २८ गतेबाट धितोपत्र दलाली (Share Brokerage) र निक्षेप सदस्य (Depositery Participant) को सेवा प्रदान गर्दै आइरहेको छ।

ग्राहकहरुलाई उत्कृष्ट सेवाको आफ्नो प्रतिबद्धता अनुरुप ग्राहकहरुलाई लक्षित गरी कम्पनीले मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाअन्तर्गत कम्पनीले दुई वटा मोबाइल नम्बरहरु सार्वजनिक गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो नम्बर ९८०२३६५००९ बाट अनलाइन ट्रेडिङसँग सम्बन्धित जानकारी प्राप्त गर्न सकिनेछ भने अर्को नम्बर ९८०२३६५०१५ बाट डिम्याट सम्बन्धि आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ । यो सेवा पूर्ण रुपमा निःशुल्क रहेको छ।

कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले यो सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्