Skip to content
Shikhar Insurance
National Life

चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्ष मोहनद्वारा टिभीएस शोरुम उद्घाटन

Hyundai
NCELL
NIMB

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुरमा टिभिएस मोटरसाइकलको शोरूमको स्थापना भएको छ । जितपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभीएसको अधिकारिक डिलर लिएर बिहीबार जितपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो ।

जितपुरमा टिभीएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरे । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टिभीएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए ।

करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभीएस मोटरसाइकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जितपुरका संचालक किरन पुरीका अनुसार जितपुरको टिभीएस शोरूममा टिभिएसको नयाँ मोटरसाकल, स्कुट, पार्टस र सर्भिसिङलगायतका सम्पूर्ण कामहरू हुनेछ ।

स्वास्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि थिए ।

कार्यक्रममा समाजसेवी कृष्णवर्त सिंह, टिभीएसको एचओडी ड्रोना संग्रोला, संतोस पारिक, जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरि, जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरि, टिभीएस सिमरा उद्योगका जि।एम। अशोक सरकार, टिभीएका आर्थिक शाखा प्रमुख राजकुमनर सर्राफि, लोजिस्टिक प्रमुख विशाल गुप्ता, पीडीआई ईन्चार्ज श्रीकान्त राठोर, डिस्प्याच प्रमुख जितेन्द्र यादव, टिभिएसका आरएम देबेन्द्र ढुंगाना, केशभ झा, साना किसान सहकारी संस्थाकि अध्यक्ष कमला रिमाल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका सदस्य राजुराज गिरि, सागरमाथा लुम्बिनी इन्स्योरेन्स सिमरा शाखाका प्रमुख रूकु पाख्रिन, अमर यादव, जितपुर रेडिमेड व्यवसायी संघका अध्यक्ष फैजुल्ला अंसारी लगायतको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्