काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारीरिक व्यायमका लागि टोटल फिजिकल फिट्नेस सेन्टरसँग साउन ३१ गते बुधबार सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिट्नेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले फिट्नेस सेन्टरमा सेवा लिँदा २८ प्रतिशतसम्म छुट पाउनका साथै निःशुल्क साउना कुपन पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारीसहित हितग्राही खाता नम्बर टोटल फिजिकल फिट्नेस सेन्टरलाई उपलब्ध गराउनु पर्नेछ यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्षसम्म लिन सक्नेछन् ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजिकल फिट्नेस सेन्टरअत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु छन् । उक्त फिट्नेस सेन्टरमा भर्ना भएपश्चात सुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम सञ्चालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाइनेछ ।
प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्छ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजारमाथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्