Shikhar Insurance
National Life

यस्तो छ गत आर्थिक वर्ष २०७९/८० को आर्थिक अवस्था

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को आर्थिक सूचांकहरु समेटिएको विवरण सार्वजनिक गरेको छ । जसअनुसार गत आर्थिक वर्षमा नेपालको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । गत वर्ष आयात १६.१ प्रतिशतले घटेर १६११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो । गत वर्ष निर्यात २१.४ प्रतिशतले घटेर १५७ अर्ब १४ करोड कायम भएको छ । अघिल्लो वर्षमा त्यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा रेमिटेन्स नेपाली रुपैयाँमा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । गत आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवमा वैदेशिक रोजगारीका लागि विदेशीने नेपालीहरुको संख्या ४०.३ प्रतिशतले बढेर ४ लाख ९७ हजार ७ सय ४ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो । मुलुकको शोधनान्तर स्थिति २९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

हाल कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । यसले १० महिनाका लागि आवश्यक सेवा तथा वस्तुको आयात धान्न सक्छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्