काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिएको छ । धितोपत्र बोर्डको बिहीबार (साउन ३२ गते) बसेको सञ्चालक समितिको निर्णयानुसार थप ५ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।
नयाँ लाइसेन्स पाउनेमा सिमित कार्य गर्ने गरी सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, पूर्ण कार्य गर्ने गरी हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज रहेका छन ।
यससँगै नयाँ ब्रोकर कम्पनीको संख्या ३७ पुगेको छ । यसअघि बोर्डले ३२ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ ।
पहिलो चरणमा लाईसेन्स प्राप्त ब्रोकरहरुले दोस्रो बजारमा औपचारिक रुपमा नै कारोबार सुचारु गरिसकेका छन् ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्