Shikhar Insurance
National Life

एभरेष्ट बैंककाे रिटेल एसएमई लोन, “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” भदाै १ देखी लागू हुने

सिंहदरबार संवाददाता
२०८० श्रावण ३२, बिहीबार २०:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वहरु तिज, दशैं, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको जनाएकाे छ । भाद्र १ गते देखी लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ ५ को स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० ५ सम्म बैंक लगानी रहने छ । सवारी कर्जा १०.९९ ५ को स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८० ५ सम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तिन महिनाको लागि लागुहुने “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० ५ को प्रिमियम दरमा उपभोग गर्न सकिने छ बैंकका नायब महाप्रबन्धक गौरव कुमारले जनाएका छन् । यस सम्बनी थप जानकारीका लागि नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन बैंकले आव्हान समेत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्