Skip to content
Shikhar Insurance
National Life

उत्पादन र निर्यात वृद्धिमा ध्यान दिन अध्यक्ष ओलीको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताएका छन्।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आधारभूत आवश्यकता परिपूर्तिका लागि स्वदेशमै उत्पादन वृद्धि गर्न र निर्यातसमेत गर्न आग्रह गरेका हुन्।

उनले निर्यातका क्रममा कुनै समस्या भए सरकारले सहजीकरण गर्नुपर्ने पनि जनाए। अध्यक्ष ओलीले आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व, बैंकिङ सहजीकरण र लगानीको वातावरण आवश्यक रहेको स्पष्ट गरे।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक स्थितिमा सुधार ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए। नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले लगानी गरेपछि व्यापारीलाई लाभ लिनसक्ने वातावरण दिनुपर्नेमा जोड दिए। विभागका प्रमुख मोती दुगडले भ्रष्टाचार औद्योगीकरणका लागि बाधक हुने बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्