Shikhar Insurance
National Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

सिंहदरबार संवाददाता
२०८० श्रावण ३१, बुधबार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइएपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज बाँडफाँड भएको हो।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र सेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ५६ हजार ८ सय ३६ जना आवेदकलाई सहभागी गराएर गोलाप्रथा मार्फत सेयर बाँडफाँड गरिएको छ । जस अनुसार ९ लाख ६० हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन्।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिन्छ । जस अनुसार बिक्रि प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइट, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट बाट र मेरो सेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्