Skip to content
Shikhar Insurance
National Life

नेपाल टेलिकमको नाफा ७ अर्ब ८० करोड, प्रतिसेयर आम्दानी कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ७.८६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चौथो त्रैमासमा कम्पनीको कुल आय ४९ करोड ३६ लाख रुपैयाँ अर्थात १.११ प्रतिशतले वृद्धि भई ४४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीकाे कुल आय ४४ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ रहेको थियो।

चौथो त्रैमासमा कम्पनीले सेवा व्यापारबाट ३६ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३७ अर्ब ९१ करोड रुपैयाँ रुपैयाँ थियो।

रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको छ। गत वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रुपमा सम्बन्धित खर्चहरुमा वृद्धि भएको छ। बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ८५ करोड ७७ लाखले वृद्धि भएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४३.३६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४७.०७ रुपैयाँ थियो। पीई रेसियो २०.९२ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ। ​

GBIME

प्रतिक्रिया दिनुहोस्