Shikhar Insurance
National Life

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता सेयर

सिंहदरबार संवाददाता
२०८० श्रावण २९, सोमबार १७:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको सेयर आज बाँडफाँट भएको हो।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको अनुसार काजीको साउन २९ गते (सोमबार) साँझ ५ बजे, किचेन बत्तिसपुतलीमा सेयरबाँडफाँट भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता सेयरको लागि आवेदन परेको छ । कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण भएको छ ।

त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता सेयर वितरण गरीएको छ ।

त्यस पश्चात बाँकी रहेको ९ कित्ता सेयर भने २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरुलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । त्यस अनुसार भाग्यमानी ९ जना आवेदकले ११ कित्ताका दरले सेयर पाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्