Shikhar Insurance
National Life

रिडी पावरलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले दियो अन्तिम स्वीकृति

सिंहदरबार संवाददाता
२०८० श्रावण २९, सोमबार १६:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न आयोगले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशतले हुन आउने अ.कित मुल्य १०० रुपैयाँ दरका ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर निष्काशन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त हकप्रद सेयर नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपश्चात लगानीकर्ताहरुलाई निष्काशन गर्नेछ ।

कम्पनीको असार ८ गते बसेको बिशेष साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । यस्तै सभाले कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा पूँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्