काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले भाेलि साेमबार काठमाडौंमा ‘लिडर फर नेकस्ट जेनरेसन एक्सपेट दि अनएक्सपेट’ सम्मेलनको आयोजना गर्दैछ ।
सम्मेलनको मुख्य उद्देश्य विश्यव्यापी परिवर्तित आर्थिक, राजनैतिक, वातावरणीय र सामाजिक प्रवृत्तिले भविष्यको वित्तीय क्षेत्रलाई पार्ने प्रभावका साथै आगामी पुस्ताका ग्राहकहरुका आवश्यकता, अपेक्षाहरुमा ध्यान केन्द्रित गर्दै सम्बन्धित जोखिम तथा अवसरसहित वित्तीय क्षेत्रको डिजिटलाइजेसनमा व्यापक अन्तरदृष्टि प्राप्त गर्ने छ । सम्मेलनमा स्वदेश तथा विदेशका गरी २१ जना विशिष्ट व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिब १ सय ५० सहभागीले आफनाे सहभागिता सुनिश्चित गरिसकेका छन् ।
कार्यक्रमको उद्घाटन नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट गरी सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको विज्ञप्ति जनाइएको छ । यसै सत्रमा बिफिनले हरेक वर्ष आफ्नो वार्षिकोत्सको अवसरमा प्रकाशन गर्ने जनरल अफ बैंकिङ फाइनान्स तथा इन्स्योरेन्स पनि प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएकाे छ ।
कार्यक्रमको उद्घाटन समारोहमा भारतको उडिसास्थित सीयूटीएमका सञ्चालक अभिनव मदनको उपस्थितिमा सीयूटीएमसँगको सहकार्यमा बिफिले सञ्चालन गर्न लागेको सटिफिकेसन प्रोग्रमासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्