काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरेकोे छ ।
यस छात्रवृत्ति कार्यक्रममा कुल १ सय ९ विद्यार्थी सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धिसिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रंगशालामा बृहत् कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद १० हजार एक रूपैयाँ प्रदान गरिएको थियो ।
यस छात्रवृत्तिका कार्यक्रमअन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा ५ हजार रूपैयाँ, दोस्रो हुनेलाई ३५ सय रूपैयाँ, तेस्रो हुनेलाई २५ सय रूपैयाँका साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा १५ सय रूपैयाँका दरले एक वर्षसम्म उपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्