काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको ‘रामनगर समुदायिक हस्पिटल’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले रामनगर समुदायिक हस्पिटल को विभिन्न सेवाहरुमा विशेष २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्य प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्