काठमाडौं । आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी दिएकाे छ । उनले आफूसहित वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष प्रकाश सेट्टी, खिमप्रकाश मल्ल, उपमहासचिव नरहरी थपलिया, सहकोषाध्यक्ष सन्तोष साहलगायत ५० जना जति निर्माण व्यवसायीहरु जावलाखेल प्रहरीमा रहेको जानकारी दिए ।
उनीहरूले सरकारसँग काम गरेबापतको रकम भुक्तानीको माग गरेका छन्। त्यस्तै ठेक्काको म्याद थप गर्नुपर्ने पनि उनीहरूको माग छ। उनीहरूले सडक विभागमा पनि तालाबन्दी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्