Shikhar Insurance
National Life

बोर्डले दियो थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स, को-कोले पाए?

सिंहदरबार संवाददाता
२०८० श्रावण २६, शुक्रबार १४:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिएको छ । धितोपत्र बोर्डको बुधबार (साउन २४ गते) बसेको सञ्चालक समितिको निर्णयानुसार थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

बोर्डले जे.वि.एन. एल. सेक्युरिटिज, आर वि.वि. सेक्युरिजिट र सि.वि.आई.एल सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यससँगै नयाँ ब्रोकर कम्पनीको संख्या ३२ पुगेको छ । यसअघि बोर्डले २९ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ । बोर्डले सिमित कार्य गर्ने कम्पनीलाई लाइसेन्स दिएको बताएको छ ।

ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका मध्ये ४३ कम्पनीहरुलाई आशयपत्र प्रदान गरेको थियो । अब ११ कम्पनीहरुले लाइसेन्स पाउन बाँकी रहेको छ ।

नयाँ ब्रोकरको संख्या २९ पुग्यो, बोर्डले दियो थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स, को-कोले पाए ?

GBIME

प्रतिक्रिया दिनुहोस्