काठमाडौं । हरेक वर्ष विश्वका ५ सय ठूला कम्पनीको सूची सार्वजनिक गर्दै आएको फर्चुनलेले सन् २०२३ को सूची बाहिर ल्याएको छ । सो सूचीको २१२ औं स्थानमा चिनियाँ अटो निर्माता बीवाइडीले आफ्नो स्थान सुरक्षित गरेको छ ।
सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोविल सामेल छन्। अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औं स्थानमा रहेको थियो । इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फर्चुनले उल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले २.४७ अर्ब डलर मुनाफा आर्जन गरेको छ ।
बीवाइडीको मार्केट भ्यालू १०४.३२ अर्ब डलर रहेको उल्लेख गरेको छ । कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन्। बीवाइडी चीनको सबैभन्दा ठूलोमध्ये एक अटोमोवाइल कम्पनीसमेत हो । सो कम्पनीले बीवाइडी, हान र ट्याङलगायत ब्रान्डमा सवारीसाधन उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ ।
बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध हुँदै आएको छ । सो ब्रान्डलाई नेपालका लागी आवधकाररक वितरकका रुपमा साइमेक्स इंक प्रावलले कारोवार गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस्