काठमाडाैं । नेपाली बजारमा अनर ९० र अनर ९० लाइट सार्वजनिक भएको छ। अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले बुधबार एक कार्यक्रम गर्दै उक्त स्मार्टफोनहरू सार्वजनिक गरेको हो।
अनर ९०
अनर ९० मा १ बिलियन रङहरू भएको १२० एचजेड एमेलेड। ६.७″ स्क्रिनमा १२०० x २६६४ पिक्सेलको रिजोल्युसनको साथमा ४३५ पीपीआइको पिक्सेल घनत्व छ। यो स्मार्टफोन हरियो, सिल्भर र निलो रङहरूमा ९१२+२५६० जीबी र ९१२+२५६० जीबी गरी दुई भेरियेन्टमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
अनर ९० को पछाडि दुई अलग ट्रिपल क्यामेरा सेटअप छ। प्राथमिक सुटर २ सय एमपी क्यामेरा र अल्ट्रावाइड १२ एमपी लेन्स माथिपट्टी छ। सेल्फी क्यामेरामा भने एफ⁄२.४ एपर्चरको ५० एमपीको लेन्स रहेको छ।
यो फोनमा प्रभावशाली ५ हजार एमएएच लिथियम पोलिमर ब्याट्री छ। यसले ६६ डब्ल्यू द्रुत चार्ज गर्छ जसले ब्याट्रीलाई २० मिनेटमा ३ प्रतिशतदेखि ५० प्रतिशतसम्म चार्ज गर्न सक्छ।
सेल्ट्रोन नेपालले अनर ९० को ९१२+२५६० जीबी भेरियन्टको लागि ५८ हजार ९९० रुपैयाँ र ९१२+५१२० जीबी संस्करणका लागि ६३ हजार ९ सय ९० रुपैयाँ मूल्य तोकेको छ। जसमा ग्राहकले २१ हजार ९ सय ९० रुपैयाँको अनर वाच ४ लाई मात्र ५ हजार रुपैयाँमा प्राप्त गर्न सक्नेछन्।
अनर ९० लाइट
अनर ९० लाइट उत्कृष्ट क्यामेरा प्रणाली, डिस्प्ले र बढ्दो प्रयोगकर्ता अनुभवका लागि विभिन्न प्रकारका स्मार्ट क्षमताहरू भएको फेसनबल फोन हो। अनर ९० लाइटमा एफ⁄ १.९ अपर्चर, ५ एमपी वाइड र डेप्थ क्यामेरा छ। सेल्फी खच्नका लागि १६ एमपी फ्रन्ट क्यामेराले मनमोहक सेल्फ(पोर्ट्रेटहरू प्रदान गर्छ।
यसमा ६।७ इन्च एजलेस डिस्प्लेमा ९० एचजेडसम्मको अनुकूलन रिफ्रेस दर रहेको छ। जसले प्रयोगकर्ताहरूलाई बटरी स्मूथ भिजुअल अनुभव प्रदान गर्छ।
ग्राहकहरूले (८+२५६) जीबी भेरियन्टको अनर ९० लाइट छ जी ३१ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। प्रत्येक अनर ९० लाइट फाइव जी को प्रि-बुकिङमा ५ हजार ९९० रुपैयाँ मूल्यको अनर इयरवर्ड निःशुल्क प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्