Skip to content
Shikhar Insurance
National Life

हिमालय आँखा अस्पतालले कन्जंग्टिवाइटिसका बिरामीको निःशुल्क आँखा परीक्षण गर्ने

Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराले आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जंग्टिवाइटिस) का कारण अस्पतालमा आउने बिरामीहरुको निःशुल्क आँखा जाँच गर्ने भएको छ ।

‘पोखरा महानगरपालिका र यस अस्पतालको बिचमा भएको सम्झौताअनुसार हाल महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जंग्टिवाइटिस) का कारण यस अस्पतालमा उपचारका लागि जनरल ओपिडीमा आउने बिरामीहरुको आँखा जाँच गर्न लाग्ने नाम दर्ता शुल्क यहि मिति २०८० श्रावण मसान्तसम्म निःशुल्क गरिएको व्यहोरा जानकारी गराइन्छ’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अस्पतालका बाह्य कार्यक्रम संयोजक सुवास नेपालका अनुसार पोखरा महानगरपालिकासंगको सहकार्यमा अस्पतालले बुधबारदेखि कन्जंग्टिवाइटिसका बिरामीहरुको निःशुल्क आँखा जाँच गर्नेछ ।

हिमालय आँखा अस्पतालअन्तर्गत हाल २७ वटा आँखा उपचार केन्द्रहरु सञ्चालनमा छन् । अस्पतालले वार्षिक १ लाख ५० हजार बिरामीको आँखा जाँच गरी करिब ५ हजार बिरामीको आँखाको शल्यक्रिया गर्दै आइरहेको छ ।

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १ सय ५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्