Shikhar Insurance
National Life

काठमाडौं महानगरले उठायो गत आवमा १० अर्ब २५ करोड राजस्व, बहाल करबाट मात्र २ अर्ब ५६ करोड

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार १४:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रूपैयाँ राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि १० अर्ब ४१ करोड रूपैयाँ लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्यअनुसार नै उठे पनि कामपाले संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।

आव २०७८/७९ मा कामपाले १० अर्ब ४१ करोड रूपैयाँ राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी १ अर्ब ३६ करोड रूपैयाँ बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमा सबैभन्दा बढी बहाल करमा २ अर्ब ५६ करोड रूपैयाँ असुल भएको छ, त्यस्तै सम्पत्ति करमा १ अर्ब ८ करोड रूपैयाँ, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए । त्यस्तै नक्सापास दस्तुरबाट १० करोड ११ लाख रूपैयाँभन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।

आव २०७८/७९ मा जम्मा ४ अर्ब ४६ करोड रूपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९/८० मा ५ अर्ब ८२ करोड रूपैयाँ राजस्व उठाउन सफल छ ।

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५ः१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।

गत आवमा बाँडफाँटबाट कामपाले १ अर्ब ८५ करोड रूपैयाँ पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भने,“अघिल्लो वर्षको तुलनामा १ अर्ब ६८ करोड ९४ लाख रूपैयाँले कमी हो । अघिल्लो वर्ष करिब ३ अर्ब ५५ करोड रूपैयाँ प्राप्त गरेको थियो ।” रासस

GBIME

प्रतिक्रिया दिनुहोस्