Skip to content
Shikhar Insurance
National Life

मालपोत कार्यालयबाट ३० करोड ८४ लाख राजस्व संकलन

Hyundai
NCELL
NIMB

तनहुँ । जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ३० करोड ८४ लाख ३ हजार ५४ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ४४ करोड ६८ लाख चार हजार ६ सय ६४ राजस्व संकलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए।

आर्थिक वर्ष २०७९/८० मा रजिष्टेशन दस्तुरबाट १५ करोड ८० लाख ५ हजार ४ सय १७, पुँजीगत लाभकर ११ करोड ३९ लाख २९ हजार १५, रोक्का दस्तुर धितोसमेत गरी ३ करोड १८ लाख ७० हजार राजस्व संकलन भएको थियो ।

त्यसैगरी नामसारी संशोधनबाट ६२ लाख ६८ हजार ८ सय १७, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर ११ हजार ८ सय ५ रुपैयाँ राजस्व संकलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो ।

सङ्कलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत संकलन भएको ११ करोड ३९ लाख ५७ हजार १५ संघीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए। बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्