Shikhar Insurance
National Life

इप्पानको ‘प्रेजेन्टेसन’मा सांसद बजगाईंको आपत्ति

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को ‘प्रेजेन्टसन’मा सांसदले आपत्ति जनाएका छन् ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले मंगलबारको बैठकमा प्रस्तुत गरेको ‘प्रेजेन्टेसन’मा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाए । प्रेजेन्टेसनकै समयमा रोकेर उनले नियमापत्ति गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपमहासचिव दुलालले आयोजना बनाउँदा नेता र कार्यकर्ताले अवरोध गरेको बताएका थिए । “माथि नेताले आयोजना बनाउन सहयोग गर्छु भन्नहुन्छ, तर उहाँहरूले नै कार्यकर्ता लगाएर अवरोध गर्नुहुन्छ,” दुलालले भनेका थिए ।

लगत्तै सांसद बजगाईंले सबैलाई एउटै डोकोमा हालेर तुलना गर्न नहुने बताए । “सबैलाई एउटै बास्केटमा हाल्ने प्रयास नगरौँ । तपाईंको प्रेजेन्टेसनमा फ्रस्टेसन देखियो । सम्मानित सदनमा आएर यस्तो आरोप लगाउने?,” बजगाईंले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्