Shikhar Insurance
National Life

बाह्रै महिना निर्बाध बिजुली आपूर्ति गर्ने श्रीलंकको योजना

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार १३:२६
Hyundai
NCELL
NIMB

काेलम्बाे । श्रीलंकाको सरकारले देशभर बाह्रै महिना निर्बाध विद्युत् आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले सोमबार बताएका छन् ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख गर्दै मन्त्रीले आफ्नो ट्विटर एकाउन्टमा वर्षको बाँकी अवधिमा विद्युतकाे मूल्य परिमार्जन नगर्ने पनि जानकारी गराएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

श्रीलंकाले हाल बिजुली उत्पादन र सिँचाइ गतिविधिहरू दुवैको लागि प्रयोग हुने जलाशयहरूको पानीको स्तर घट्दै जाँदा सुख्खा स्थितिको अनुभव गरिरहेको छ। यद्यपि विद्युत उत्पादन सुनिश्चित गर्न विभिन्न उपायहरू अबलम्वन पनि गरिरहेको छ ।

श्रीलंकाले मुख्यतया बिजुली उत्पादनको लागि डिजेल, कोइला र पानी प्रयोग गर्छ।

GBIME

प्रतिक्रिया दिनुहोस्