काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारणसभा साउन १८ गते बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । सो सभाले निवर्तमान अध्यक्ष गौरव शारदालाई पुनः आगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ ।
साथै, उपाध्यक्षमा वीरेन्द्रकुमार संघाई, महासचिवमा नारायणदत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यहरूमा शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् ।
सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकाले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी बेहोर्नु परेकाले सोबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्डसम्बन्धी आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्