Shikhar Insurance
National Life

साउन ३२ गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फन्ड योजना निष्काशन गर्दै हिमालय क्यापिटल

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ निष्काशन गर्ने भएको छ । क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो ।

क्यापिटलले बिक्री गर्न लागेको इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा लगानीकर्ताहरुले प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्