Skip to content
Shikhar Insurance
National Life

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, लगानीकर्ताले पाए ५० कित्ता

Hyundai
NCELL
NIMB

काठमाडाैं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

उक्त कम्पनीले साउन १ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १ सय ३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २ सय ३९ रुपैयाँमा शेयर निष्कासन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो, जसमा २७ हजार ९ सय ५ आवेदकबाट कुल १७ लाख ७२ हजार ६२० कित्ता खरिदका लागि आवेदन परेको थियो । त्यसमध्ये २७ हजार ९ सय १ आवेदकबाट परेको १७ लाख ७२ हजार ६२० कित्ता सदर भएको छ भने ४ आवेदकबाट परेको ३ सय १० कित्ता बदर भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसअनुसार १० कित्तादेखि ४० कित्तासम्म आवेदन दिने ९ हजार ७४ जनाले मागबमोजिम सेयर पाएका छन् ।

यसैगरी ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने १८ हजार ८ सय २७ आवेदकले ४० कित्ताका दरले सेयर पाएका छन् । यी आवेदकहरूलाई ७ लाख ५३ हजार ८० कित्ता बाँडफाँट गरिएको छ । त्यस्तै, ५० देखि ३ हजार कित्तासम्मका लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदकमध्ये १६ सय २८ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्