Shikhar Insurance
National Life

नेसनल लाइफको बिमा सचेतना साइकल र्याली सकियाे

सिंहदरबार संवाददाता
२०८० श्रावण २२, सोमबार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बिमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्याली सम्पन्न  गरेको छ ।

बिमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहाल, प्राधिकरणका अन्य कर्मचारीलगायत कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १ सय जनाले सहभागिता जनाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पोखराको बाराहीघाट बाट सुुरु भएको र्यालीले हल्लन चोक, जिरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० किमिको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा र्यालीको समापन गरिएको थियो ।

उक्त साइकल र्यालीबाट बिमा सचेतना प्रवर्द्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्