Shikhar Insurance
National Life

राष्ट्र बैंकद्वारा ३ बैंकलाई कारबाही, दुइटालाई २ करोड जरिवाना, कुन-कुन परे कारबाहीमा?

सिंहदरबार संवाददाता
२०८० श्रावण २२, सोमबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले नियमविपरीत काम गरेको भन्दै गत चैतदेखि असारसम्ममा हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो।

राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले बैंकहरू र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कारबाहीको विवरण प्रकाशित गर्दै ती बैंकले गरेको गल्ती र त्यसवापत पाएको नसिहतसहित करोडौं रुपैयाँ जरिवानाको विवरण सार्वजनिक गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै हिमालयन बैंकलाई दोस्रोपटक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई पहिलोपटक कारबाही गरिएको छ ।

हिमालयन बैंकले गत कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेपछि १ करोड ३९ लाख ४७ हजार रूपैयाँ जरिवाना गरिएको हो। कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ।

त्यस्तै, कुमारीले कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो तोकिएको सीमा अर्थात ९० प्रतिशतभन्दा बढी कायम गर्दा नगद जरिवानामा परेको छ। कुमारीले २०७९ माघमा ९० प्रतिशतभन्दा बढी सिडी रेसियो कटाएर व्यवसाय गर्दा ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा जरिवाना तिरेको थियो।

प्राइम कमर्सियल राष्ट्र बैंकको अन्य कारबाहीमा परेको छ। दिइएका  निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरिएको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्