Shikhar Insurance
National Life

निर्माण व्यवसायीका माग तत्काल सम्बोधन गर्न परिसंघको आग्रह

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकार समक्ष आग्रह गरेको छ ।

उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको भन्दै परिसंघले यस्तो माग गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले ध्यानाकर्षण गराएको छ ।

“कुल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठुलो योगदान छ । निर्माण व्यवसायीहरूका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघ हार्दिक अनुरोध गर्दछ,” विज्ञत्तिमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्