Shikhar Insurance
National Life

४४ वाटको फ्ल्यास चार्जिङसहितको भिभो वाइ २७ नेपाली बजारमा, मूल्य कति?

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ ।

डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ अरू स्मार्टफोन मोडलहरुभन्दा अलग देखिन्छ । जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको कम्पनीको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने वाइ २७ मा ५ हजार एमएएचको ब्याट्री रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ । ६ जीबी र्याम र ६ जीबीको एक्स्टेन्डेड र्याम भएकाले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ ।

नेपाली बजारमा यसको मूल्य २३ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्