Shikhar Insurance
National Life

सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकताः युनिसेफ

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १३:३५
Hyundai
NCELL
NIMB

खार्तुम  । सुडानमा १ करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको संकटलाई थप गहिरो बनाएको पनि सीएनएनले जनाएको छ।
सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन्।

यो सङ्ख्या पछिल्लो संकट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरुक्त सङ्ख्या हो ।
“पाँच वर्षमुनिका ३० लाख बालबालिका कुपोषित छन् भने ७ लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन्। एक वर्षमुनिका १७ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट वञ्चित छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अप्रिलको मध्यमा सुडानमा द्वन्द्व शुरु भएदेखि युनिसेफका अनुसार कम्तीमा ४ सय ३५ बालबालिका मारिएका छन् र २ हजार २५ भन्दा बढी घाइते भएको पनि सीएनएनले रिपोर्ट गरेको छ।

सुडानमा २ करोडभन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन् जुन सङ्ख्या गत वर्षको तुलनामा झन्डै दोब्बर भएको पनि संयुक्त राष्ट्रसंघले बिहीबार चेतावनी दिएको छ।

अप्रिल १५ मा सेना र र्यािपिड सपोर्ट फोर्सबीच युद्ध सुरु भएको थियो। यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका ८४४,००० सहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । एएनआई

GBIME

प्रतिक्रिया दिनुहोस्