Skip to content
Shikhar Insurance
National Life

चितवनमा मात्रै ४० करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी

Hyundai
NCELL
NIMB
चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ४० करोड रूपैयाँ बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो ।
कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार ४० करोड ६७ लाख ४२ हजार सात सय ३५ रूपैयाँ बक्यौता रहेको छ । तीमध्ये कालो सूचीमा रहेका ग्राहकबाट ७३ लाख तीन हजार ४८ रूपैयाँ असुल गर्न बाँकी छ । केन्द्रले कालो सूचीमा दुई सय ६७ ग्राहकलाई राखेको छ ।
बक्यौता रकममध्ये सबैभन्दा धेरै सडक बत्तीको ११ करोड १५ लाख ९१ हजार तीन सय १४ रूपैयाँ रहेको पौडेलले जानकारी दिए। उनका अनुसार घरायसी बिजुलीको ७ करोड ८३ लाख ७३ हजार छ सय ७९ रूपैयाँ, संस्थागत ९० लाख १२ हजार ५९ रूपैयाँ, व्यवसायी एक करोड ८३ लाख ३६ हजार एक सय ५१ रूपैयाँ, सामाजिक संस्थाहरूको २ करोड १२ लाख ९२ हजार पाँच सय ८८ रूपैयाँ बक्यौता रहेको छ ।
मनोरञ्जन क्षेत्रकाले दुई लाख २८ हजार एक सय ६२ रूपैयाँ, औद्योगिक क्षेत्रको दुई करोड ६४ लाख २९ हजार सात सय २२ रूपैयाँ, सरकारी कार्यालयको १३ करोड ८३ लाख ३० हजार चार सय ६२ रूपैयाँ, खानेपानीको दुई लाख ६६ हजार छ सय १८ रूपैयाँ, अस्थायी, धार्मिक संघ-संस्था र सामाजिक संघ-संस्थालगायतले तिर्न बाँकी रहेको उनले बताए ।
गत आवमा १९ करोड ७४ लाख ७७ हजार तीन सय ७० युनिट विद्युत् खपत भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस कार्यालयअन्तर्गत ६५ हजार पाँच सय आठ सेवाग्राही रहेका छन् । गत आवमा  दुई अर्ब पाँच करोड ४७ लाख ६० हजार ५ सय ५६ विद्युत् महसुल संकलन भएको छ । ग्राहकले समयमा महसुल तिर्दा रु नौ लाख २६ हजार सात सय ५१ छुट पाएको उनले जानकारी दिए ।
GBIME

प्रतिक्रिया दिनुहोस्