Shikhar Insurance
National Life

२० वाणिज्य बैंकको नाफा २५.०२ प्रतिशतले बढ्यो, नबिललाई पछ्याउँदै ग्लोबल, कसको कति ?

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार ०९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । वाणिज्य बैंकहरुले प्रकाशन गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार उनीहरुको नाफा २५.०२ प्रतिशतले वृद्धि भएको छ ।

यीनै बैंकहरुले २०७९ असार मसान्त अवधीसम्ममा जम्मा ५६ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । २०८० असार मसान्तमा भने उनीहरुको नाफा १४ अर्ब ३ करोडले बढेर ७० अर्ब ६ करोड रुपैयाँ पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा धेरै ७ अबै ५२ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ ।

गत वर्ष छुट्टै वित्ती+य विवरण सार्वजनिक गरेका सेञ्चुरी, बैंक अफ काठमाण्डू, एनसीसी, सनराइज, मेगा र नेपाल बंगलादेश बैंक यसपालि मर्जर तथा एक्विजिशनमा गैसकेका छन् । मर्जर एक्विजिसन प्रक्रियाबाट अस्थित्व समाप्त भएका बैंकहरुको नाफा घटाउँदा यसपाली वाणिज्य बैंकहरुको नाफा मुस्किलले १० देखि १२ प्रतिशतले मात्रै बढ्ने सम्भावना छ ।

सिटिजन्स बैंकले २ अर्ब २१ करोड नाफा आर्जन गरेको छ, जुुन अघिल्लो वर्षको सोही अवधीमा २ अर्ब रुपैयाँ थियो । सानिमा बैंकको नाफा २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा २ अर्ब ९ करोड रुपैयाँ थियो । सिद्धार्थ बैंकले यसपाली ३ अर्ब १९ करोड नाफा कमाएको छ । अघिल्लो आवको असार मसान्तमा सिद्धार्थको नाफा २ अर्ब ९० करोड रुपैयाँ थियो ।

कृषि विकास बैंकले ३ अर्ब ९ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ, बैंकले अघिल्लो असार मसान्त अवधीमा २ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रभु बैंकले २०७९ असारमा एक अर्ब ९० करोड कमाएको थियो, यसपाली भने २ अर्ब ८२ करोड नाफा आर्जन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २०७९ असार मसान्तमा ३ अर्ब ७९ करोड रुपैयाँ मात्रै थियो । एनएमबि बैंकको नाफा ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जबकी अघिल्लो असारमा बैंकको त्यस्तो नाफा ३ अर्ब २९ करोड रुपैयाँ मात्रै थियो । ग्लोबल आइएमई बैंकले २०७९ असार मसान्तमा ४ अर्ब ९५ करोड नाफा आर्जन गरेको थियो, यसपाली असारमा भने त्यस्तो नाफा बढाएर ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

लक्ष्मी सनराइजले २ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो असार मसान्तमा १५१ अर्ब रुपैयाँ थियो । हिमालयन बैंकको नाफा ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधीमा त्यस्तो नाफा २ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो ।

नबिल बैंकले यसपालि सर्वाधिक नाफा कमाउने रेकर्डलाई कायमै राख्दै ७ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा ४ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

एनआईसी एसिया बैंकले २०८० असार मसान्तसम्ममा ४ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले २०७९ असार मसान्त अवधीसम्ममा ४ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कुमारी बैंकले यसपालि एक अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २०७९ असार मसान्तमा २ अर्ब ५७ करोड रुपैयाँ थियो । एभरेष्ट बैंकले गत आवको असार मसान्तसम्ममा ३ अर्ब ३९ करोड नाफा आर्जन गरेको छ, २०७९ असार मसान्तसम्ममा एभरेष्टको नाफा २ अर्ब ४७ करोड रुपैयाँ मात्रै थियो ।

माछापुच्छ्रे बैंकले यसपाली एक अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो असार मसान्तसम्ममा जम्मा एक अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नेपाल एसबिआई बैंकले २०८० असार मसान्तसम्ममा २ अर्ब २४ करोड नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधीमा एक अर्ब ६३ करोड रुपैयाँ मात्रै थियो । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले गत आवको असार मसान्तसम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । बैंकले अघिल्लो आवको सोही अवधीमा ४ अर्ब २९ करोड रुपैयाँ कमाएको थियो ।

प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब २६ करोडमा सिमित भएको छ, बैंकले अघिल्लो आवको असार मसान्त अवधीमा २ अर्ब ७८ करोड कमाएको थियो ।

नेपाल बैंकको नाफा पनि ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो आवको सोही अवधीमा जम्मा २ अर्ब ९२ करोड रुपैयाँ नाफा गरेको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा पनि बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ, जबकी बैंकले अघिल्लो आवको सोही अवधीमा २ अर्ब २५ करोड रुपैयाँ मात्रै कमाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्