काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा आर्थिक बर्ष २०७८/७९ को असार मसान्तको तुलनामा ३७.२४ प्रतिशत बढी हो । २०७९ असार मसान्तसम्ममा बैंकले जम्मा २ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।
एभरेष्ट बैंकको वितरण योग्य नाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफा बाटै आफ्ना लगानीकर्ताहरुलाई ४०.५० प्रतिशत लाभांश दिन सक्छ । बैंकका जगेडा कोषमा १० अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
एभरेष्टले गत आर्थिक बर्षमा एक खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरि ७ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।
बैंकको प्रति सेयर आम्दानी ३१.७२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधीमा २६.३० रुपैयाँ मात्रै थियो । बैंकको प्रति सेयर नेटवर्थ २३८.३३ रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.७९ प्रतिशत छ भने स्प्रेड दर ३.९७ प्रतिशत छ भने आधार ब्याजदर ९.९२ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड भने ७.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्