काठमाडौं । नबिल बैंक यसपाली पनि सर्वाधिक नाफा कमाउने बैंकको आफ्नो ताज जोगाउन सफल भएको छ । बैंकले सबै भन्दा धेरै ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाउने सफल भएको छ ।
आर्थिक बर्ष २०७९।८० को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नबिलले सबै भन्दा धेरै नाफा बढाउने बैंकका सूचिमा पनि आफुलाई उभ्याएको छ । नबिलले गत आवको असार मसान्तसम्ममा ७८.९४ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो । २०७९ असार मसान्तसम्ममा ४ अर्ब २५ करोड नाफा आर्जन गरेको बैंकले २०८० असार मसान्तसम्म आईपुग्दा ३ अर्ब २७ करोड रुपैयाँले नाफा वृद्धि गरेको हो ।
नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेको नबिलले त्यसको भरपुर लाभ उठाउन सफल भएको देखिन्छ । नबिलले गत आवमा वितरण योग्य नाफा नै ३ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेको छ, जुन २०७९ असार मसान्तमा २ अर्ब ८९ करोड रुपैयाँ मात्रै थियो । गत आवको वितरण योग्य नाफाबाट बैंकले १४.६४ प्रतिशत लाभांश वितरणको क्षमता राख्दछ ।
२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक बर्षमा ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
नबिलको खराब कर्जा ३.२० प्रतिशत कायम हुँदा सो वापतको लोन लस प्रोभिजनका लागि ३ अर्ब ८८ करोड रुपैयाँ छुट्यााएको छ ।
बैंकको प्रति सेयर आम्दानी २७.८२ पुगेको छ, जुन अघिल्लो आवको असार मसान्तसम्ममा १८.६४ रुपैयाँ मात्रै थियो । नबिलको कस्ट अफ फण्ड ७.८१ प्रतिशत छ भने आधार ब्याजदर ९.५२ प्रतिशत छ ।
बैंकको स्प्रेड दर ४.९९ प्रतिशत छ । नबिलको प्रति सेयर नेटवर्थ भने २१४.६९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्