Skip to content
Shikhar Insurance
National Life

संघीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछः मन्त्री शर्मा

Hyundai
NCELL
NIMB

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो संघीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताइन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, नेपाल (प्याब्सन) काठमाडौं  जिल्ला शाखाद्वारा आयोजित ‘एसइई (२०७९) सम्मान कार्यक्रम–२०८०’लाई सम्बोधन गर्दै उनले संघीय शिक्षा ऐन अहिले मन्त्रिपरिषदबाट पास भएर संसदमा दर्ता हुने प्रक्रियमा रहेको जानकारी दिए ।

“हाम्रो शिक्षा ऐन परिवर्तन गर्न नसकेर लामो समय गुज्रिएको थियो र २०२८ सालको शिक्षा ऐनबाट २०८० सालका विद्यार्थीलाई पढाउनुपर्ने यो अवस्था बनेको थियो, अब त्यसको अन्त्य हुँदैछ, २०२८ सालको शिक्षा ऐन परिवर्तन गर्नुपर्ने थियो र त्यो परिवर्तन हुँदैछ, शिक्षा ऐन आउनु नै ठूलो कुरा हो”, सरकारका प्रवक्ता शर्माले भनिन् ।

मन्त्री शर्माले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेको बताए । उनले भनिन्, “हामीले समाजवादमा जाने पनि भनेका छौं, समाजवाद हाम्रो लक्ष्य भनेका छौं, त्यो भनेको शिक्षा र स्वास्थ्य निश्चित रुपमा मौलिक हकका रुपमा सुनिश्चित हुनुपर्छ भन्ने नै हो र यो निःशुल्क हुनुपर्छ भन्ने हो ।”

संविधानले १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको उनको भनाइ थियो । “निजी क्षेत्रको योगदान आफैंमा महत्वपूर्ण छ, त्यो भन्दाभन्दै पनि सबै विद्यार्थीको पढाइ लेखाइलगायत सम्पूर्ण कुरा सामुदायिक विद्यालयले मात्रै भूमिका निर्वाह गर्न सकिरहेको अवस्था थियो, यो सन्दर्भमा निजी विद्यालयले अत्यन्त महत्वपूर्ण योगदान गरेका छन्”, उनले भिनन् ।

थुप्रै राजनीतिक परिवर्तनपछि देश यहाँसम्म आए पनि देशप्रतिको माया, आफ्नो माटोप्रतिको माया, संस्कार, आफ्नो पहिचानप्रतिको माया विस्तारै कम हुँदै गएको जस्तो भान भइरहेको उनले बताइन् । “कक्षा १२ पास हुन पाएको छैन, १२ कक्षा पास हुन पाउँदा नपाउँदै विदेश जाने जुन लर्को देखिन्छ, बाहिर पढाउने जुन मनोविज्ञान देखिन्छ, त्यसले गर्दा हाम्रो उच्च शिक्षालाई थप गुणस्तरी बनाउनुपर्ने चुनौती छ, पढाइमा उत्कृष्ट हुने तर व्यवहारमा नहुने भन्ने चिन्ता पनि उत्तिकै छ”, उनले भनिन्।

प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले राज्यले सीपमूलक शिक्षाको वकालत गर्दै आएको भए पनि सीपमूलक शिक्षा दिने कुरामा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई समान रुपले अवसर दिइनुपर्नेमा जोड दिए । कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा सदस्य विद्यालयहरुलाई सम्मान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्