काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीहरुलाई कारबाही गर्न थालेको छ । प्रशासनले रवीन्द्र चाौलागाईंलगायत विभिन्न मिटरब्याजपीडित व्यक्तिहरुको फाइल अघि बढाइएको छ । मिटरब्याजबाट ललितपुर जिल्लामै सबैभन्दा बढी पीडित देखिएका चाौलागाईं समस्यामा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत हुन् । यो सहकारी समस्यामा पर्नुमा मिटरब्याजीको भूमिका मुख्य रहेको देखिएको छ ।
चाौलागाईंलगायत जिल्लाका अन्य पीडितहरुलाई डुबाउने ललितपुरका मुख्य मिटरब्याजीहरु यी हुन्ः
रवि मर्हजनः ललितपुर सुनाकोठीका महर्जन ४ वर्ष अघिसम्म सामान्य रेष्टुरेन्टमा काम गर्थे । यसबीचमा मिटरब्याजकै धन्दाका कारण उनको सम्पत्ति थुप्रिएको स्रोतले बताएको छ ।
उनको हाल भैंसेपाटीमा ३ रोपनी जग्गामा घर, खोकनामा ५ रोपनी जग्गामा कर्मा क्रष्ट्रक्सन रहेको सिमेन्ट तथा डन्डी बेच्ने कम्पनी, टाटा कम्पनीको टिपर ३० ओटा, टोयोटा कम्पनीको फचुनर गाडी, गुडविल सहकारीका अध्यक्षले चढ्ने पजेरो गरी करिब एक अर्बको सम्पत्तिी उनको नाममा रहेको स्रोतले बतायो ।
०७६ सालमा डुबेको गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ र देउरालीका अध्यक्षलाई केही नगद दिइ उक्त नगद डन चक्रे मिलनको हो भनी दैनिक करोडौं लिएर खुलेआम हिँडिरहेका छन् ।
सीताराम राउतः गुडविल सहकारीका मेनेजर उक्त संस्थाको बचतकर्ताको करिब एक अर्ब बचत हिनामिना गरी भागेको बताइन्छ। उनको नाममा गुडवील सहकारीको एक अर्ब हिनामिनाको आरोप छ ।
जेलमा परेका उनी धरौटीमा छुटी बचतकर्ताको बचत फिर्ता नदिइ आफ्ना आफन्तजनहरुसँग मिलि जनप्रिय सहकारी खोलेका छन् । उनले आफ्ना दिदी भिनाजुसँग मिलि करेन्ट गुट्खा नाम गरेको कम्पनी खोलेर राज्यको करोडौं कर छलिरहेकाे स्रोत बताउँछ ।
देउरालीबाट कर्जा लिइ लिएको टोयटा गाडीको करिब ३ करोड ५० लाखको भिएक्स सेतो र कालो दुइटा गाडी, मिट्सुविसिको पजेरो, स्र्पोट गाडीसहित करिब ५० करोड बराबरको नगद देउरालीबाट लिएको चौलागाईं बताउँछन् ।
देबेन्द्र आर्चायः न्युरोडको मख्खनमा रहेको देविवास र कीर्तिपुरको पाँगा बसपार्कमा रहेको ज्वालादेवि सहकारीका अध्यक्ष देबेन्द्र आचार्य, शैलेन्द्र शर्मा (टिपटप समोसा साहु ), बासु श्रेष्ठ, हार्वेष्ट मुन ट्रावलको साहु र हार्डवयर ब्यापारी विक्रम बानियाँ मिलि दुई वटा नै सहकारीको पैसा मिटरब्याजमा लगाई अर्बांै कमाएर जनतालाई फिर्ता नदिएका हुन् ।
उनले देउराली सहकारीलाई पनि केही नगद दिइ २४ करोडको ५ रोपनी जग्गा र नगद ३० करोड मिटरब्याजमा खाएका छन् । अहिले हार्वेष्ट मुनका राम श्रेष्ठ, आफना भाइलगायत ४ जना मिटरब्याजीलाई बचाउन राजनीतिक दलका नेता मन्त्री नै लागि परेको पाइएको छ ।
सञ्जय अधिकारी, मोहन घिमिरे र विशाल भारीः सञ्जय अधिकारी रेमण्ड सुटका साहु हुन् । जसले समाजमा अपराधिक घटना घटाउने जस्तै उपेन्द्र देवकोटाका छोरी अपहरण गर्ने व्यक्ति राजु थापा लगायतका विभिन्न व्यक्तिहरुको साथमा लिइ देउराली सहकारीको १५ करोड नगद मिटरब्याजमा दिएको पुष्टि भएको छ भने मोहन घिमिरे, विशाल नारायण भारी मिलि गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, न्युरोडमा रहेका जयन्ती कम्प्लेसका साहु खगेन्द्र पुनमगर, तारामैया गुरुङले देउराली सहकारीका अध्यक्ष चौलागाईंबाट करोडौं नगद मिटरब्याजमा चलाएर लिएको पुष्टी भइसकेको छ ।
रुविन मर्हजनः ललितपुर भैंसेपाटी निवासी रुविन मर्हजन ललितपुर उद्योग वाण्ज्यि संघ पूर्वअध्यक्ष रुपेस मर्हजनका आफनै भाइ हुन् । जो आफूलाई ललितपुरको गुण्डा र पुलिस प्रशासन आफनो हातमा छ भनी देउराली सहकारीबाट १५ करोड नगद मिटरब्याजमा लिइ अहिले आफू बच्नलाई ललितपुर उच्च अदालतबाट स्टे अर्डर लिइ पुलिस प्रशासन धाइरहेका छन्
यी मिटरब्याजीहरुलाई गृह मन्त्रालय र हालसालै पारित भएको मिटरब्याजी ऐनसम्बन्धी निकायले चलनचल्तीको ब्याजबाहेक अरू सम्पत्ति र नगद फिर्ता गराइ उनीहरूलाई कडा कारबाही हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्