Skip to content
Shikhar Insurance
National Life

केबी गुरुङद्वारा नेत्रहीन संघलाई २५ लाख मूल्यको ४ आना दुई दाम जग्गादान

Hyundai
NCELL
NIMB

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ पाटनका केबी गुरुङले तनहुँ नेत्रहीन सङ्घलाई जग्गादान गरेका छन्। नब्बे वर्षीय गुरुङले करिब २५ लाख मूल्यको ४ आना दुई दाम जग्गा उपलब्ध गराएका हुन्।

संघलाई एक वर्षअघि नै जग्गादान गर्न चाहे पनि अस्वस्थ्य भएका कारण ढिला भएको उनले बताए। व्यास–५ पाटनका गुरुङ कृषि अधिकृत पदको जागिर छाडेर बागवानी विकासमा लागेका छन्। आठ वर्षसम्म अधिकृत पदमा काम गरेका उनले जागिर छाडेर आफ्नै बागवानी कृषि फार्म सञ्चालन गरेका छन् । करिब एक सय रोपनी क्षेत्रफलमा गुरुङले आँप, लिची, सुन्तला, एभोकाडोलगायत फलफूलखेती गर्दै आएका छन् । उनी मिर्गौला रोगबाट पीडित छन्।

जग्गा प्राप्त भएपछि नियमित कार्यालय सञ्चालन र तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए। “तीनवटै सरकार तथा अन्यबाट आर्थिक स्रोत जुटाएर भवन निर्माणको योजना छ”, उनले भने । हाल तनहुँ नेत्रहीन सङ्घमा ७० जना आबद्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्