Shikhar Insurance
National Life

आईपीओ निष्काशन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, कहिलेदेखि आवेदन दिन सक्ने?

सिंहदरबार संवाददाता
२०८० श्रावण १९, शुक्रबार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गर्न लागेको हो। स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ।

कम्पनीको उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ।कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा साउन ३१ गते हुनेछ भने ढिलोमा भदौ १० गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्