Shikhar Insurance
National Life

गलैंचा, अलैंची, यार्चागुम्बादेखि अम्रिसोको निर्यात बढ्दै, गलैंचा मात्रै साढे ११ अर्बको निर्यात 

सिंहदरबार संवाददाता
२०८० श्रावण १८, बिहीबार १४:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।

यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैंचा, अलैंची, अम्रिसो, कुकुर तथा बिरालाको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गत आवमा मुलुकले २४ अर्बभन्दा बढी आम्दानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भन्सार विभागको तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा नेपालबाट ४१ अर्ब बढीको कार्पेट (गलैंचा) निर्यात भएको छ । गत आवमा २०७९/८० मा एक ११ अर्ब ५० करोड ६६ लाख २३ हजारको गलैंचा निर्यात भएको विभागको भनाइ छ ।

यहाँ उत्पादन हुने गलैंचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुलुकमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौंबाट बनेका यस्ता गलैंचाको माग विशेष गरी अमेरिका तथा युरोप नै हो । गत आवमा अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख ६७ हजार बराबरको गलैंचा निर्यात भएको छ । साथै जर्मनीमा ८८ करोड ७० लाख २२ हजार, बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार, इटलीमा ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आवमा फ्रान्समा ३४ करोड २५ लाख ९२ हजार बराबरको गलैंचा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार अघिल्लो आवमा कुल ९ अर्ब ५६ करोड ७७ लाख ३० हजार मूल्य बराबरको गलैंचा निर्यात भएको छ । त्यस्तै आव २०७७/७८ मा ७ अर्ब २४ करोड ४० लाख ५० हजार, आव २०७६/७७ मा ६ अर्ब १५ करोड ७७ लाख छ हजारको तथा आव २०७५/७६मा ७ अर्ब ३६ करोड ९६ लाख ९५ हजारको गलैंचा विभिन्न देशमा निर्यात भएको छ ।

८ अर्बको अलैंची निर्यात

विभागका अनुसार गत आवमा ७ अर्बभन्दा बढीको अलैंची निर्यात भएको छ । मुलुकको वैदेशिक व्यापारमा अलैंची निर्यातको मुख्य भूमिका छ । गत आवमा ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार मूल्य बराबरको अलैंची मुलुकबाट निर्यात भएको छ । जुन अघिल्लो आवमा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार थियो ।

विभागका अनुसार आव २०७७/७८ मा ७ अर्ब एक करोड आठ लाख २९ हजार, आव २०७६/७७ मा २ अर्ब ५३ करोड ९५ लाख ९५ हजार तथा आव २०७५/७६ मा २ अर्ब ७१ करोड ४९ लाख ४२ हजार बराबरको अलैंची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मुलुकमा अलैंची निर्यात हुने गरेको छ ।

कुकुर तथा बिरालाको खानाको निर्यात बढ्दो 

पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा बिरालाको खानासमेत पर्दै गएको छ । विगत पाँच वर्षमा मात्रै मुलुकबाट १० अर्बको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ ।

गत आवमा मात्रै ३ अर्ब ४० करोड ९० लाख ७३ हजार मूल्य बराबरको यस्ता वस्तु मूलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । गत आवमा २ अर्ब ९६ करोड ७६ लाखका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो । त्यस्तै २९ करोड ४२ लाख ३५ हजारको क्यानडा, ३ करोड ९३ लाख ५६ हजार बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ ।

नेपालले अघिल्लो आवमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजारको कुकुर तथा बिरालाका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ । त्यस्तै आव २०७७/७८मा एक अर्ब ९६ करोड ५० लाख ४६ हजार, आव २०७६/७७ मा एक अर्ब २२ करोड ८३ लाख ५६ हजार तथा आव २०७५/७६ मा एक अर्ब पाँच करोड २८ लाख ७६ हजारको यस्ता वस्तु मुलुकबाट निर्यात भएको विवरण्मा उल्लेख छ ।

पाँच वर्षमा ३ अर्बको अम्रिसो निर्यात

नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट ३ अर्ब ३३ करोड ६ लाख ९२ हजार आम्दानी भएको छ । गत आवमा एक अर्ब ८८ लाखको अम्रिसो भारत निर्यात भएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मूख्य गन्तव्य भारत हो ।

विभागको विवरणानुसार अघिल्लो आवमा ६९ करोड ९८ लाख ६२ हजारको अम्रिसो नियात भएको छ । त्यस्तै आव २०७७/७८मा ६५ करोड ८८ लाख १३ हजारको, आव २०७६/७७मा  ५५ कराड ७४ लाख ७८ हजार रूपैयाँ तथा आव २०७५/७६ मा ४० करोड ५७ लाख ३९ हजारको अम्रिसो मुलुकबाट निर्यात भएको छ ।

एक वर्षमा ४४ करोडको यार्सागुम्बा निर्यात

विभागका अनुसार गत आवमा ४४ करोड ३१ लाखको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्षयताकै उच्च हो ।

अघिल्लो आवमा ३० करोड ९२ लाख ३३ हजारको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७७/७८ मा १५ करोड ७६ लाख २५ हजारको, आव २०७६/७७ मा २० करोड २२ लाख ३५ हजारको तथा आव २०७५/७६मा १७ करोड ९४ लाख आठ हजारको यार्चागुम्बा निर्यात भएको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिंगापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्